गाउँघरका परम्परागत घरहरु लोप हुने अवस्थामा  

पाल्पा – कुनै समय पाल्पा जिल्लाका गाउँघरमा प्रशंस्त देख्न पाइने विभिन्न शैलीका मौलिक एवं परम्परागत घरहरु लोप हुने

अवस्थामा पुगेका छन् ।

पुराना मौलिक घर भत्काएर नयाँ आधुनिक किसिमका कंक्रिटका घरहरू बनाउने होडबाजी बढेपछि पुराना घरहरु लोप भएका हुन् । ढुङ्गा, माटो काठ र खरले छाएका नेपाली परम्परागत र मौलिक घर भत्काएर कंक्रिटको छत, कंक्रीटकै जस्ता र टिनका जस्तापाताले घर छाउन थालिएसँगै मौलिक घरको संख्या कम हुँदै गएको हो ।

 बजार मात्रै होइन, गाउँमा पनि अहिले पक्की घर धेरै बनिसकेका छन् । बजार क्षेत्रमा व्यवसायिक रूपमा घर, फ्ल्याट, बंगला बनाउनेहरु यति बेला गाउँमा समेत त्यस्तै घर बनाउँन थालेका छन । ढुङ्गा, टायल र खरको छानो भएका घर वातावरण अनुकुल मानिए पनि अहिले यस्ता घर बिरलै मात्र देख्न पाइन्छ । मौलिक पुराना घरको संरक्षणमा स्थानिय तहले समेत प्रभावकारी निति र कार्यक्रम बनाउन नसक्दा संरक्षणमा समस्या देखिएको पुराना पाकापुस्ताको भनाई छ । बढ्दो बसाइसराईले गाउँमा खालि भएका ती घरको संरक्षणको लागि तीन तहकै सरकारले एकिकृतबस्तीको कार्ययोजना निर्माण गरि कार्यान्यनमा लैजानुपर्नेमा सरोकारवालाले जोडदिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.