साढे ५ अर्बले घट्यो प्रशाेधित पाम तेलको निर्यात

काठमाडौं – आर्थिक वर्ष २०८०/८१ मा नेपालको पामतेलको निर्यातमा कमी आएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको प्रशाेधित पाम तेलको निर्यात ८९.५४ प्रतिशतले घटेको हो ।

आर्थिक वर्ष २०७९/८० मा नेपालले ६ अर्ब ५६ करोड ९७ लाख रुपैयाँ बराबर रकममा २ करोड ८७ लाख लिटर पाम तेल निर्यात गरेको थियो । गत आर्थिक वर्षमा उक्त रकममा ५ अर्ब ८८ करोड रुपैयाँ अर्थात् ८९.५४ प्रतिशतले गिरावट आएको छ । गत आर्थिक वर्षमा नेपालबाट ६८ करोड ६७ लाख रुपैयाँ बराबर रकममा ४२ लाख लिटर मात्रै निर्यात भएको विभागको तथ्यांकले देखाएको छ ।

प्रशोधित पाम तेलसहित अन्य पामका उत्पादनहरुको निर्यातमा पनि कमी आएको छ । गत आर्थिक वर्षमा नेपालबाट ६ अर्ब ३३ करोड रुपैयाँ बराबरको पामका उत्पादनहरु निर्यात भएको थियो । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १४ अर्ब १७ करोड रुपैयाँले कम हो । आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट २० अर्ब ५० करोड रुपैयाँ बराबरका पामका उत्पादन निर्यात भएको थियो । त्यसअघि, २०७८/७९ मा नेपालबाट ४१ अर्ब ६ करोड रुपैयाँ बराबर रकमको पाम तेल निर्यात भएको विभागको तथ्यांकमा जनाइएको छ ।

भारतले पामतेलको आयातमा प्रतिबन्ध लगाएपछि नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरुको सूचीमा रहने गरेको पामतेल सहित अन्य पामका उत्पादनहरुमा निरन्तर गिरावट आइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.