सूचना र प्रविधिका माध्यमबाट देशलाई सुशासनतर्फ लैजानुपर्छ : सञ्चार सचिव अर्याल

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले मन्त्रालयको हितमा सबैले सहकार्य गरेर जिम्मेवारी बहन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

आज मन्त्रालयमा पदभार ग्रहण गर्नुहुदै सचिव अर्यालले सूचना र प्रविधिका माध्यमबाट देशलाई सुशासन, सूचना प्रवाह र विकासतर्फ उन्मुख गराउन मद्दत पुग्ने उल्लेख गर्नुभयो । जिम्मेवारीसँगै काम गर्न चुनौती पनि उत्तिकै रहेको भनाइ सचिव अर्यालको थियो ।

“सबै कर्मचारीले मन्त्रालयको छवि स्वच्छ राख्दै जिम्मेवारी पूरा गर्नुहुनेछ भन्नेमा विश्वस्त छु”, सचिव अर्यालले भन्नुभयो ।

नेपाल सरकारले सचिवहरुको जिम्मेवारी हेरफेर गर्ने क्रममा सचिव अर्याललाई उपराष्ट्रपति कार्यालयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सरुवा गरेको हो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.