बुधबार सेयर कारोबार रकममा हालसम्मकै उच्च रेकर्ड
![](https://nepaltvonline.com/wp-content/uploads/2023/08/flash-share-nepse_1-768x438-1.jpg)
काठमाडौँ – बुधबार सेयर कारोबार रकममा हालसम्मकै उच्च रेकर्ड बनेको छ ।
आज कुल २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि अघिल्लो बुल चरणमा ३१ साउन २०७८ मा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको उच्च रेकर्ड बनेको थियो ।
अघिल्लो चरणको बुलको कारोबार रेकर्ड तीन वर्षमा तोडिएको हो । बुधबार सेयर बजारको परिसूचक नेप्से ६४.२५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७६०.९० अंकमा कायम पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्