राष्ट्रपति पौडेलद्वारा बागमती,लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख नियुक्त

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले  बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख नियुक्त गर्नु भएको छ ।

मन्त्रिपरिषद्को  गत साउन १४  गतेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले तीन वटा प्रदेशका प्रदेश प्रमुख नियुक्त गर्नु भएको हो ।

जसअनुसार बागमती प्रदेश प्रमुखमा कैलालीका दीपक प्रसाद देवकोटा, लुम्बिनी प्रदेश प्रमुखमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा बझाङका यज्ञराज जोशी नियुक्त हुनु भएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.