अतिक्रमणको चपेटामा ऐतिहासिक सूर्यकुण्ड

पाल्पा- पाल्पामा अवस्थित ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको सूर्यकुण्ड यतिखेर अतिक्रमणको चपेटामा परेको छ । तानसेन नगरपालिका-७ प्रभासमा रहेको सूर्यकुण्ड वरिपरि निजी क्षेत्रको लगानीमा निर्माण भएका भवनका कारण अतिक्रमणको चपेटामा परेको हो ।

पहिले पहिले साउन महिनाको सोमबार कुण्डमा स्नान गरी वंशगोपाल मन्दिरमा जल चढाउनेको भिड लाग्ने गर्दथ्यो । अहिले यस आसपासका क्षेत्रमा लुम्बिनी मेडिकल कलेज र अन्य व्यक्तिगत प्रयोजनका लागि धमाधम भवन निर्माण हुन थालेपछि यसको अस्तित्व नै संकटमा परेको छ ।

धार्मिक महत्व रहेको कुण्ड अतिक्रमणको चपेटामा पर्दा सरोकारवाला निकाय मौन रहँदा थप रहस्य बनेको छ । २०६३\०६४ सालदेखि अतिक्रमण गर्ने क्रम बढेको स्थानीय धन बहादुर कार्कीले बताउनुभयो ।

२४ रोपनी क्षेत्रफलमा फैलिएको कमलपोखरीसमेत डम्पिङ साइटका रुपमा प्रयोग हुँदा धार्मिक महत्व बोकेको सूर्यकुण्ड क्षेत्र अतिक्रमणमा परी संरक्षणमा कसैको ध्यान जान नसक्दा यसको अस्तित्व नै गुम्दै गएको छ ।

श्री स्वस्थानीको मुख्य पात्र सतिदेवीको एक अंग पतन भएको प्रभासको त्यस स्थानमा वंशगोपालको नामबाट महादेव उत्पत्ति भएको र त्यसै समयमा कुण्ड पनि उत्पत्ति रहेको धार्मिक जनविश्वास रहिआएको छ । सूर्यकुण्ड हिन्दूको धार्मिक ग्रन्थ श्री स्वस्थानी व्रतकथासँग सम्बन्धित रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.