नेकपा एमालेको सचिवालय बैठक जारी

काठमाडौं –  नेकपा एमाले सचिवालय बैठक बसिरहेको छ । हनुमानथान स्थित होटेल बसेरामा बैठक बसिरहेको छ ।

आजको बैठकले वर्तमान राजनीतिक अवस्थाको संक्षिप्त समीक्षाको साथै केन्द्रीय नेताहरूको कार्य विभाजनका सम्बन्धमा निर्णय गर्ने नेकपा एमाले प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

असार २६ गते बसेको पार्टी सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्य विभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मापदण्ड बनाएर कार्य विभाजन गर्न बैठक बस्न लागेको हो ।

यस अघि केन्द्रीय नेताहरूको अन्तर जिल्ला कार्यक्षेत्र निर्धारण गरिएको थियो । नेताहरूलाई अब आफ्नै भूगोलमा खटाउने तयारी पार्टीले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.