बढ्यो नेपाल भित्रिने विदेशी पर्यटकको संख्या

काठमाडौं – चालू वर्षको जुलाईमा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या बढेको छ । नेपाल पर्यटन बोर्डकोे तथ्यांक अनुसार गत वर्षको तुलनामा चालू वर्षको सोही अवधिमा नेपाल भित्रिने पर्यटकको संख्या ७ हजार भन्दा धेरैले बढेको हो ।

गत वर्षको जुलाईमा ५७ हजार ७ सय २६ जना विदेशी पर्यटक नेपाल आएका थिए । यस जुलाईमा उक्त संख्यामा वृद्धि भइ ६४ हजार ५ सय ९९ जना पुगेको बार्डको तथ्यांकमा उल्लेख गरिएको छ ।  यस्तै कोरोना महामारी शुरू हुनुअघि सन् २०१९ को जुलाईमा झन्डै ७१ हजार जना पर्यटक भित्रिएका थिए । यस जुलाईमा पनि कोरोना महामारी पहिलेको जति पर्यटक नभित्रिएका भएतापनि पर्यटकको संख्या निरन्तर बढिरहेको छ ।

यस जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट भित्रिएका छन् ।  भारतबाट मात्रै २१ हजार ४ सय ९१ जना पर्यटक नेपाल आएका तथ्यांकमा देखिएकाे छ ।

यस्तै, अमेरिकाबाट ७ हजार ८ सय ६४ जना, चीनबाट ६ हजार ८ सय १९ जना, बेलायतबाट ३ हजार ८ सय ६ जना, बङ्गलादेशबाट ३ हजार ८ सय ७० जना, अस्ट्रेलियाबाट १ हजार ९ सय जना, दक्षिण कोरियाबाट १ हजार ५ सय ३७ जना, भुटानबाट १ हजार २ सय ७ जना, मलेसियाबाट १ हजार १ सय २५ जना र जापानबाट १ हजार १ सय १४ जना पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।

Tourists in July.jpg

नेपालको सरकारी र निजी क्षेत्रले अहिले मनसुनको सिजनलाई पनि लक्षित गरेर पर्यटक भित्र्याउने विभिन्न कार्यक्रम गरिरहेकाले त्यसको सकारात्मक प्रभाव यो वर्षको जुलाईमा देखिएको व्यवसायीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.