गुरु बराल उपाध्यक्षमा मनोनित, प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर
काठमाडौँ- नेकपा एमालेले गुरु बराललाई उपाध्यक्षमा मनोनित गरेको छ । सुवासचन्द्र नेवाङ्गको निधनपछि रिक्त उपाध्यक्ष पदमा बराललाई मनोनित गर्ने निर्णय पार्टीको सचिवालय बैठकले गरेको हो ।
आज सिंहदरवार अगाडि बसेरा होटलमा बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनयन गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले नेता मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा नियुक्त गरेको महासचिव पोखरेलले बताउनुभयो ।
यसैगरी एमालेले केन्द्रीय सदस्यमा १७ जनालाई मनोनित गरेको छ ।
साथै बैठकले प्रदेश इन्चार्जहरुको जिम्मेवारी पनि हेरफेर गरेको छ । जसअनुसार कोशीको इन्चार्जमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई र कर्णालीमा गोरखबहादुर बोगटी प्रदेश इन्चार्ज बनेका छन् ।
लुम्बिनीको इन्चार्ज पद्मा अर्याल र सुदूरपश्चिमको इन्चार्जमा लेखराज भट्ट भने यथावत रहनुभएको छ ।।
प्रतिक्रिया राख्नुहोस्