पाकिस्तानी पुर्वप्रधानमन्त्री खानकी पत्नी बुशराद्वारा उच्च अदालतमा पुनरावेदन
इस्लामाबाद – पाकिस्तान तेहरीक–ए–इन्साफ ९पिटिआई० का संस्थापक इमरान खानकी पत्नी बुशरा बीबीले पाकिस्तानस्थित तोसाखानाको तेस्रो मुद्दामा गिरफ्तारीबिरूद्ध उच्च अदालतमा पुनरावेदन गर्नुभएको छ ।
उहाँले अधिवक्ता सरदार लतिफ खोसामार्फत पुनरावेदन दायर गरेको पाकिस्तानी पत्रिका डनले जानकारी गराएको छ । इमरान खान र बुशरा बीबीलाई तोसखाना मुद्दामा जमानत दिएता पनि पुनस् पक्राउ गरिएको थियो ।
रावलपिन्डीको अदियाला जेलमा गिरफ्तारीको क्रममा आफुहरूमाथि अपमान गरेको पुनरावेदनमा उल्लेख छ । साथै यसमा बुशरा बीबीलाई तेस्रो मामिलामा एनएबी अध्यक्षको पक्राउपूर्जी बिना नै पक्राउ गरी राजनीतिक उत्पीडनसहित जेलमा राखिएको दाबी गरिएको छ ।
निवेदनकर्ताले आक्रमणमा संलग्न जेलर तथा महिला अधिकारीविरुद्ध कारबाही गर्न अदालतलाई अनुरोध गर्दै गिरफ्तारीलाई अवैध घोषणा गर्नसमेत आग्रह गर्नुभएको छ ।
यसैबीच, इमरान खानले पनि लाहोर उच्च अदालतमा पुनरावेदन दायर गरी आफूविरुद्धका मुद्दाहरूको विवरण मागेको डनले जनाएको छ । सन् २०१८ देखि सन् २०२२ सम्म पाकिस्तानी प्रधानमन्त्रीको रहनुभएका खान अगस्ट २०२३ देखि तोसाखाना, साइबर आक्रमण र गैरकानुनी विवाहलगायतका अभियोगमा जेल जीवन विताइरहनु भएको छ । उहाँकी श्रीमती पनि महिनौँदेखि जेलमा हुनुहन्छ ।
प्रतिक्रिया राख्नुहोस्