मन्त्रीपरिषद्ले पायो पूर्णता,तीन जना राज्यमन्त्री नियुक्त

काठमाडौँ-   मन्त्रीपरिषद्ले पूर्णता पाएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । नेपालको संविधानमा संघमा कम्तिमा २५ सदस्यीय मन्त्रीपरिषद् रहन सक्ने ब्यवस्था छ । नयाँ तीन राज्यमन्त्री नियुक्त भएसँगै मन्त्रीपरिषद्मा मन्त्रीहरुको संख्या २५ पुगेको छ ।

नव नियुक्त राज्यमन्त्रीहरुमा अरुणकुमार चौधरी, रुपा विक र पूर्णबहादुर तामाङ रहनु भएको छ । चौधरीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन, विकले वन तथा वातावरण, तामाङले ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।

तामाङ र विक कांग्रेसबाट, चौधरी नागरिक उन्मुक्ति पार्टीबाट राज्यमन्त्रीमा नियुक्त  हुनुभएको हो ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा चौधरी, विक र तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.