कपनमा मोटरसाइकल दुर्घटना हुँदा चाकलको मृत्यु

काठमाडौं – काठमाडौं महानगरपालिका–६ कपन सरस्वतीनगरमा मोटरसाइकल दुर्घटना हुँदा चाकलको मृत्यु भएको छ ।

मुगु घर भएका २८ वर्षीय मन्दीप मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ । मल्लले चलाएको बागमती प्रदेश ०२–०२५ प ०६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.