संस्थागत शेयर लगानीकर्तालाई कर्जाको सीमा हट्यो

काठमाडौं – नेपाल राष्ट्र बैंकले सेयर धितो राखेर दिने कर्जामा संस्थागततर्फको २० करोड रुपैयाँको सीमा खारेज गरेको छ । केन्द्रीय बैंकले आज बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै संस्थागत शेयर लगानीकर्ताका लागि कर्जाको सीमा हटाएको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा संस्थागत शेयर लगानीकर्ताका लागि कायम कर्जाको सीमा हटाइएको थियो । सोही व्यवस्थालाई कार्यान्वयन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

यसअघि संस्थागत शेयर लगानीकर्ता २० करोड रुपैयाँ र व्यक्तिगतका हकमा १५ करोड रुपैयाँ शेयर लोन लिन पाइने व्यवस्था थियो । अब कुन एक वा सबै वित्तीय संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा १५ करोड कायम गरिएको छ ।

तर, धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागिमात्र यस्तो सीमा लागू नहुने व्यवस्था संशोधित निर्देशनमा गरिएको छ ।

यसअघि राष्ट्र बैंकले गत साउन १७ गते संशोधित एकीकृत निर्देशन जारी गरेको थियो । त्यतिबेला केन्द्रीय बैंकले मौद्रिक नीतिमा ल्याइएको संस्थागत लगानीकर्तालाई कर्जाको सीमा खारेज गर्ने व्यवस्थालाई संशोधित निर्देशनमा ल्याएको थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.