नेपाल टेलिभिजनले प्रतिस्पर्धी बजारमा खरो उत्रन सक्नुपर्छः सञ्चारमन्त्री

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्वा गुरुङले पुराना ऐन कानुन संशोधन नभएसम्म नेपाल टेलिभिजनको विकास र विस्तार हुन नसक्ने वताउनु भएको छ ।
नेपाल टेलिभिजनमा आयोजित स्वागत तथा नेपाल टेलिभिजनको वर्तमान र भावि योजना बारे जानकारी दिन आयोजित कार्यक्रममा मन्त्री गुरुङले सञ्चार संस्थान ऐन २०२८ संशोधनका लागि ठोस सुझाव दिन नेपाल टेलिभिजनको ब्यवस्थापनलाई निर्देशन दिनुभयो ।
वर्तमान समय सापेक्ष ऐन कानुन संशोधन गरेर प्रतिस्पर्धि बजारमा उत्रन निर्देशन दिनुहुँदै मन्त्रालयले आवश्यक सम्पूर्ण सहयोग गर्ने वताउनु भयो ।
सञ्चार मन्त्री गुरुङले देशमा परेको बेला सहयोग गर्ने राज्य संयन्त्र भएकाले यसलाई बलियो बनाउनु पर्ने उल्लेख गर्दै नेपाल टेलिभिजन बलियो बनाउन मन्त्रलयले नेतृत्व लिने बताउनु भयो । मन्त्री गुरुङले एक बर्ष भित्र टेलिभिजनका सबै समस्याको समाधान गर्ने बताउँदै तत्काल एनटिभी वर्ल्ड सञ्चालनतर्फ लाग्न निर्देशन दिनुभयो ।
सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले नेपाल टेलिभिजनको साख बढाउन सबै हिसावले सहयोग गर्ने प्रतिवद्द्धता व्यक्त गर्नुभयो । उहँले मन्त्रीको मार्ग निर्देशन अनुसार अघि बढ्ने बताउँदै नेपाल टेलिभिजनको नीतिगत र कानुनी सुधारको लागि आवश्यक निर्णय र सहयोग गर्ने बताउनुभयो ।
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाहले टेलिभिजनको वर्तमान अवस्था र भावि योजना बारे जानकारी गराउनु भयो । टेलिभिजनको अवस्थावारे जानकारी गराउदै अध्यक्ष शाहले स्याटेलाइट र कार्यक्रम एवं समाचार सामाग्री उतपादन तथा निर्माणको लागि वजेट र जनशक्ति व्यवस्थापनको लागि सहयोग गरिदिन मन्त्रालयसंग आग्रह गर्नुभयो ।
नेपाल टेलिचभिजनका महाप्रबन्धक फुलमान बल तामाङ्ले मन्त्रालयको निर्देशन बमोजिम प्रविधि रुपान्तरण साथै एनटीभी वर्ल्ड प्रसारमा लाग्ने प्रतिवद्द्धता व्यक्त गर्नुभयो । उहाँले सार्वजनिक प्रसारणको त्यारी रहेको भन्दै छिटो निर्णय भएमा नीतिगत स्पष्टता हुने र काम गर्न सजिलो हुने पनि वताउनु भयो ।
सञ्चार मन्त्री गुरुङ मन्त्री नियुक्त भएपछि पहिलो पटक टेलिभिजनको स्वागत तथा टेलिभजनबारे जानकारी लिन नेपाल टेलिभिजन आउनु भएको हो ।






प्रतिक्रिया राख्नुहोस्