रसुवा बन्दरगाह: अवधि सकिन एक बर्ष बाँकी रहँदा जम्मा ६५ प्रतिशत सम्पन्न

काठमाडौँ- रसुवागढी सुख्खा बन्दरगाह (ड्राइ पोर्ट) बनाउने अवधि सकिन एक बर्ष बाँकी रहँदा हालसम्म  प्रतिशत काम मात्र सकिएको छ ।

रसुवाको गोसाईकुण्ड गाँउपालिकास्थित टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह चीन सरकारको अर्थिक र प्राबिधिक सहयोगमा नेपाल इन्टरमोडल यातायात विकास समितिको व्यवस्थापनमा निर्माण भइरहेको हो ।

आगामी बर्षको जुन महिनामा सक्ने गरी तिब्बत फुली कन्स्ट्रक्सन कम्पनीले बन्दरगाह बनाइरहेको छ । दुई देशबीचको आयात निर्यातलाई सहज गर्ने उद्देश्य सहित बन्न लागेको बन्दरगाहको लागत २ अर्ब १६ करोड रुपैयाँ रहेको छ ।

दुई हजार ८० वर्गमिटरमा फैलिएको बन्दरगाहमा पाँच सय वर्गमिटर क्षेत्रफलमा प्रशासकीय भवन, ७५० वर्गमिटरमा गोदाम बन्नुकासाथै ३५० वटा कन्टेनर राख्न सकिनेगरी निर्माण कार्य भैरहेको समितिले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.