काभा वुमन्स नेसन्स भलिवल लिगमा भारत विरुद्धको खेलामा नेपालको ऐतिहासिक जित

काठमाडौँ– काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपालले भारत विरुद्ध ऐतिहासिक जित दर्ता गरेको छ ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको लिग चरणको दोस्रो खेलमा नेपालको राष्ट्रिय महिला टोलीले भारतलाई पराजित गरेको हो । निकै सनसनीपूर्ण खेलमा नेपाली टोलीले ३-२ को नतिजा सहित भारतलाई स्तब्ध बनायो ।

यसअघि भएका भारतसंगको सबै खेलमा नेपाली भलिबल टोली पराजित हुदै आइरहेको थियो । आज खेलको पहिलो सेट नेपालले २५–१८ ले सहजै आफ्नो पक्षमा पारेको थियो ।

दोस्रो सेटमा कमजोर प्रदर्शन देखाएको नेपाली टोलीले दोस्रो सेट १२–२५ ले सहजै गुमाउन पुग्यो । तेस्रो सेटमा भने नेपालले पुनः उच्च प्रदर्शन गर्दै २५–१७ ले जित निकाल्यो ।

तेस्रो सेट सकिँदा २-१ ले अघि रहेको नेपालले पुनः चौथो सेट १८–२५ ले गुमाउन पुग्यो । निर्णायक बनेको अन्तिम पाँचौ सेटमा नेपाल फेरि एकपटक पुरानै लयमा फर्कियो र नतिजा १५–१३ ले आफ्नो पषमा पार्न सफल भयो ।

अन्तिम सेटको नतिजासंगै नेपालले भारतमाथि ऐतिहासिक जित दर्ता गर्यो । आजको जित पछि जारी लिगमा नेपालको दुई खेलबाट ५ अंक भएको छ ।

यसअघि नेपालले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो । तीन खेल खेलेको भारत ७ अंक जोडेर शीर्षस्थानमा छ । प्रतियोगितामा नेपाल र भारत सहित, श्रीलंका, माल्दिभ्स र इरानको पनि सहभागीता रहेको छ ।

राउण्ड रोविन लिग चरण सकिएपछि शीर्ष चार टोलीले सेमिफाइनल खेल्ने तालिका छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.