टिप्परकाे ठक्करबाट मृत्यु भएपछि आफन्तले गरे सडक अवरुद्ध

दाङ- दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएपछी आफन्तहरुले सडक अवरुद्ध गरेका छन् ।

गएराती घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिप्परले विपरीत दिशातर्फ आइरहेको बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घोराही-९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको थियो ।

टिप्पर चालकलाई कारबाहीको माग गर्दै घोराही तुलसीपुर सडक खण्ड अवरुद्ध भएको छ । टिप्परको ठक्करबाट गम्भीर घाइते कुल बहादुर बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको थियो ।

टिप्पर चालकलाई कारवाही र पिडितलाई क्षतिपूर्तिको माग गर्दै पिडितका आफन्तले सडक अवरुद्घ पारेका हुन् । सडक खुलाउने विषयमा छलफल भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.