वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ: विमलेन्द्र निधि

काठमाडौँ –  नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गर्नुभएको छ ।

जनकपुरधामको श्रीराम युवा कमिटीको नव निर्वाचित पदाधिकारीहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै निधिले यो गठबन्धन लामो समयसम्म चल्ने र राजनीतिक स्थायित्व प्रदान गर्ने बताउनुभएको हो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले सांसदमै आफू २ वर्ष प्रधानमन्त्री र त्यसपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिनुभएकाले पनि यो गठबन्धन टिकाउ रहेको पुष्टि गर्ने तर्क गर्नुभयो ।

तत्काल गठबन्धनभित्र कुनै किसिमको असन्तुष्टि हुने सम्भावना टाढासम्म नरहेको उहाँको भनाइ थियो । पूर्व उपप्रधानमन्त्री निधिले वर्तमान गठबन्धनले राजनीतिक स्थायित्व मुलुकलाई प्रदान गर्ने बताउनुभयो । यसले देशमा विकासका बाटाहरू समेत प्रशस्त गर्ने दाबी उहाँको छ ।

उहाँले दुई ठुला दल मिलेर बनेको यो सरकारले मुलुक राजनीतिक, आर्थिक, सामाजिक तथा शैक्षिक विकासको दिशामा काम गर्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.