सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाहको दाबी पेश

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ । प्रदेश प्रमुख नजिर मियाले आइतवार साँझसम्म सरकार गठनका लागि समय तोक्नुभएको थियो । जसअनुसार शाहले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको हो ।

कांग्रेस–एमालेबीच सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमतिअनुसार शाहले दाबी पेश गर्नुभएको हो ।

शुक्रवार एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्री बन्नुभएका दीर्घ सोडारीले विश्वासको मत प्राप्त नगरेपछि राजीनामा दिनुभएको थियो । सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य रहनुभएको छ । मुख्यमन्त्रीलाई बहुमत पुगाउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । यी दुई दल मात्रै मिल्दा पनि बहुमत पुग्छ । आज साँझसम्म यी दुई दलबाहेक नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने जनाएको छ ।

पछिल्लो निर्वाचनपछि गठित सुदूरपश्चिम प्रदेशसभामा हालसम्म तीन जना मुख्यमन्त्री फेरिनुभएको छ।  अब चौथो मुख्यमन्त्रीको चयन प्रक्रिया सुरु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.