पर्साबाट ५० किलो गाँजासहित एक महिला पक्राउ

काठमाडौं – पर्सामा ५० किलो लागुऔषध गाँजासहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ठोरी गाउँपालिका–२ सुन्दरबस्ती टोलकी ३० वर्षीया अनिता गुरौं रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले लागुऔषधसहित पक्राउ परेकी गुरौंले आफ्नो घरको पलङभित्र गाँजा लुकाएको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा ५० किलो गाँजासहित पक्राउ गरेको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीको टोलीले उहाँलाई घरबाटै नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.