संविधान संशोधन विरुद्ध भ्रम फैल्याउन कोसिस भइरहेको छ: प्रधानामन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन विरुद्ध भ्रम फैलाउने कोशिस भइरहेको बताउनु भएको छ ।
आइतबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनविरुद्ध भ्रम फैल्याउने मुलुकमा क्रियाशील रहेको बताउनुभयो ।
संविधान संशोधन स्वाभाविक रूपमा लोकतन्त्रलाई सुदृढ गर्ने, संविधानलाई अझ व्यवहारिक, सुदृढ, अझ लोकप्रिय बनाउने, यसको ग्राह्यता, स्वीकार्यता, प्रभावकारिता, यी सबै पक्षलाई अभिवृद्धि गर्नका लागि हुने भन्दै प्रधानमन्त्री ओलीको आफूहरूले स्टन्टबाजीको रूपमा कुनै पनि काम नगर्ने बताउनु भयो ।
उहाँले संविधानलाई धार्मिक ग्रन्थ वेद, बाइबल, कुरान जस्तो असंशोधनीय दस्ताबेजको रूपमा प्रस्तुत गर्न खोजिएको भन्दै त्यसको भ्रममा नपर्न पनि सबैलाई आग्रह गर्नुभयो।
प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि लडेर आएका कांग्रेस–एमालेले अझ बढी ग्राह्यता,स्वीकार्यता र प्रभावकारिता बढाउनका लागि संविधान संशोधन गर्न चाहेको पनि स्पष्ट पार्नुभयो।
‘‘कतिपयले अहिले पनि हाम्रो विरुद्ध भ्रम फिँजाउने कोसिस गरिरहेका छन्। हामीले संविधान संशोधन गर्नुपर्छ भन्यौँ। यो धार्मिक ग्रन्थ जस्तो वेद हो कि, बाइबल हो कि, कुरान हो कि ? जस्तो असंशोधनीय विश्वास मात्रै गर्न पर्ने, फेर्न नपाइने ग्रन्थजस्तो गरेर व्याख्या गर्न खोज्ने। संविधान एउटा देशको अग्रगतिका लागि, जनताको भलाइका लागि, सुशासन र विकासका लागि, सामाजिक उन्नति, प्रगतिका लागि, आफ्नो संस्कृति समयानुकूल विकासका लागि समयमा परिष्कृत हुँदै जाने र परिमार्जन हुँदै दस्ताबेज हो भन्ने कुरा अझै त्यसमा पनि भ्रम फिँजाएर हिँड्न खोज्ने तत्त्व सक्रिय छन्।
नेपाली कांगेस र नेकपा एमालेको समीकरणले संविधान संशोधन जस्तो कुरा गर्दा यो प्रतिगमनको मुद्दा बोकेर हिँडेका पार्टीहरूले होइन। यो लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको एजेण्डा हो। त्यसकारण लोकतन्त्रका लागि यो कुनै भुलभुलैया वा कुनै अफवाहको भरमा वा कुनै अन्योलग्रस्त भएर अथवा पपुलिष्ट हुनका लागि अथवा कुनै स्टन्टबाजीको रूपमा यसले कुनै पनि काम गर्दैन, कुनै विचार पनि प्रस्तुत गर्दैन।’’ प्रधानमन्त्री ओलीले भन्नुभयो,





प्रतिक्रिया राख्नुहोस्