घाेराही-तुलसीपुर सडक सुचारु

दाङ- घोराही-तुलसीपुर सडक सञ्चालनमा आएको छ । शनिबार बेलुका टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि मृतकका आफन्तले घोराही-तुलसीपुर सडक अवरुद्ध गरेका थिए ।
बिहानैदेखि आफन्तले सडक अवरुद्ध गरेपछि घोराही-तुलसीपुर सडकमा चल्ने सवारी साधन बीच बाटोमै राेकिएका थिए ।
टिप्पर चालकलाई कानुन बमाेजम कारबाही गर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिने सहमति भएपछि सडक सुचारू भएको हो ।
घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर आउँदै  गरेको लु २ ख ५०८५ नम्बरको टिप्परले विपरित दिशातर्फ गईरहेको बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका-९ मछाहीका ३९ वर्षीय कुलबहादुर बस्नेतको उपचारको क्रममा मृत्यु भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.