बेलायतमा हिंसात्मक प्रदर्शन, प्रधानमन्त्रीद्वारा आपतकालिन बैठक आह्वान
काठमाडौं- विगत केही दिनदेखि बेलायतका केही शहरहरुमा हिंसात्मक प्रदर्शन भइरहेका छन् । प्रदर्शनका क्रममा १ सय ५० जनाभन्दा बढी मानिसलाई पक्राउ गरिएको छ ।
प्रदर्शन दैनिक बढ्न थालेपछि प्रधानमन्त्री केयर स्टारमरले डाउनिङ स्ट्रिटमा आजका लागि आपतकालीन बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री स्टारमरले रोदरहमको एक होटल आवास शरणार्थीहरूले गरेको आक्रमणको निन्दा गर्नुभयो ।
साथै हिंसात्मक गतिविधिमा संलग्नहरूलाई कानुनको दायरामा ल्याउन प्रतिवद्धता पनि जनाउनु भयो । प्रहरीले ट्यामवर्थ, मिडल्सब्रो, बोल्टन, हल र वेमाउथ, बेलायतका अन्य भागहरूमा हिंसात्मक घटना भएको जनाएको छ ।
हिजो राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले हिंसात्मक गतिविधिमा संलग्न ठगहरूलाई न्यायको कठघरामा ल्याउन कुनै कसर नराखिने प्रतिवद्धता जनाउनु भयो ।
टेलिभिजन सम्बोधनको क्रममा उहाँले संलग्नहरूलाई चेतावनी दिंदै आन्दोलनकारीले पश्चाताप गर्ने समेत बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्