पृथ्वीराजमार्गको बाङ्गेमा पहिरो खस्दा माइक्रोबसमा क्षति, केही यात्रु घाइते, सडक अवरुद्ध

धादिङ- पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै बाङ्गेमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अबरुद्ध बनेको छ ।

गजुरी नजिकै बाङ्गेमा सुख्खा पहिरो खसेको हो । पहिरोले एउटा माइक्रोबसमा क्षति पुगेको छ भने केही यात्रु घाइते भएका छन् ।

पहिरोमा परेको माइक्रोबसका यात्रुलाइ उद्दार गरि उपचारका लागि गजुरी अस्पताल पठाइएको छ । सुख्खा पहिरो खसिरहेकोले राजमार्ग अबरुद्ध बनेको छ, जसका कारण राजधानी काठमाडौ भित्रने र बाहिरने सवारी साधन रोकिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.