बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट- जिल्लाको गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा नगरपालिका-८ जिंगडिया चोकमा बस र मोटरसाइकल एकआपसमा ठोक्किंदा मोटरसाइकलमा सवार गरुडा नगरपालिका-७ पिपरीयाका रामचन्द्र राउतको ४० वर्षिय छोरा आशनारायण पटेलको मृत्यु भएको छ ।

चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ना ७ ख १५२० नम्बरको यात्रुबाहक बसले विपरीत दिशा अर्थात गरुडाबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको बीआर ३० जेड ३०१६ भारतीय नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक पटेलको घटनास्थलमै मृत्यु भएको हो ।

घटनालगतै इलाका प्रहरी कार्यालय गरुडाबाट गएको प्रहरी टोलीले पटेललाई उद्धार गरी गरुडास्थित ग्राण्डी हस्पिटलमा उपचारका लागि लैजाँदै गर्दा पटेलको मृत्यु भएको हो ।

बसको स्टेरिङग फेल भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । बसका चालक इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको छ । चालकको नाम र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.