सञ्चालनमा रहेका २० मध्ये १० वाणिज्य बैंकको नाफा घट्यो

काठमाडौं –  हाल सञ्चालनमा रहेका २० मध्ये १० बैंकको नाफा घटेको छ । बैंकहरुले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको वित्तिय विवरण अनुसार यस्तो अवस्था देखिएको हो ।

वाणिज्य बैंकहरुले यो अवधिमा ६४ अर्ब ०६ करोड रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो वर्षको सोही अवधिमा कमाएको नाफाको तुलनामा १३.४२ प्रतिशतले बढी हो । बैंकहरुले अघिल्लो आर्थिक वर्षमा ५६ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेका थिए ।

सो अवधिमा नाफा वृद्धि गर्ने बैंकहरुमा प्रभु, कुमारी, प्राइम कमर्सियल, कृषि विकास बैंक, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज, नबिल र एभरेष्ट बैंक रहेका छन् । बाँकी बैंकहरु नेपाल एसबीआई, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, राष्ट्रिय वाणिज्य, सानिमा, ग्लोबल आईएमई, माछापुच्छ्रे, एनएमबि, सिटिजन्स, नेपाल बैंक र एनआईसी एशिया बैंकको नाफा घटेको छ ।

वाणिज्य बैंकहरुमध्ये एनआईसी एशिया बैंकको नाफा सर्वाधिक ६८.९१ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ४४ करोड रुपैयाँ नाफा गरेको उक्त बैंकको नाफा घटेर यसपटक १ अर्ब ३८ करोड रुपैयाँमा झरेको छ ।

त्यस्तै, नेपाल बैंकको नाफा पनि ५१.८९ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ४३ करोड नाफा गरेको सो बैंकको नाफा यसपटक घटेर १ अर्ब ६५ करोड रुपैयाँमा सिमित भएको छ ।

एनएमबी बैंकको नाफा पनि २७.६३ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब २२ करोड नाफा गरेको सो बैंकको नाफा यसपटक घटेर २ अर्ब ३३ करोड रुपैयाँमा सिमित भएको छ ।

१० बैंकको नाफा बढ्यो

१० वटा वाणिज्य बैंकहरुको नाफा घट्दा पनि १० वटाको भने नाफा बढेको छ । प्रभु, कुमारी, प्राइम कमर्सियल, कृषि विकास बैंक, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज, नबिल र एभरेष्ट बैंकको नाफा गत आर्थिक वर्षको अन्तिमसम्म आइपुग्दा बढेको छ ।

गत आर्थिक वर्षमा प्रभू बैंकको नाफा सर्वाधिक १५०० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा २८ करोड रुपैयाँ नाफा गरेको उक्त बैंकको नाफा यसपटक बढेर ४ अर्ब ४८ करोड रुपैयाँ पुगेको हो ।

त्यस्तै कुमारी बैंक, प्राइम कमर्सियल बैंक र कृषि विकास बैंकको नाफा पनि दोब्बर भन्दा धेरैले बढेको छ ।

सो अवधिमा नबिल बैंकले सर्वाधिक ७ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ ।

commercial bank profit.jpg

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.