तोलाको ढेडलाख पुग्यो सुनको मूल्य

काठमाडौं – सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो ।

आइतबार प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५० हजार रुपैयाँमा कायम भएको छ । यसअघि सुनको उच्च मूल्य १ लाख ४९ हजार ९ सय रुपैयाँमा कायम भएको थियो ।

त्यस्तै,  तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कायम भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.