चीनमा बाढीका कारण आठको मृत्यु, १९ बेपत्ता

बेइजिङ – दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको काङ्गडिङ सहरमा आएको बाढी र पहिरोका कारण आठ जनाको मृत्यु हुनुका साथै १९ जना बेपत्ता भएका छन् ।

बाढीका कारण समुद्री सतहबाट एक हजार ३०० मिटरको उचाइमा अवस्थित उपत्यकामा रहेको एउटा पुलका साथै घरहरू क्षतिग्रस्त भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

अधिकारीका अनुसार प्रभावित क्षेत्र नजिकैका पहाड र समुद्र सतहबाट पाँच हजार मिटरभन्दा बढी उचाइमा समेत बाढी र पहिरोबाट छ जनाको मृत्यु हुनुका साथै ११ जना बेपत्ता भएका छन् ।

यसैगरी बाढीले पुल भत्काउँदा यातायात आवागमनसमेत प्रभावित भएको छ ।

चिनियाँ समाचार संस्था, सिन्ह्वाले उद्धारमा संलग्न एक कार्यालयलाई उद्धृत गरी एक व्यक्तिलाई उद्धार गरी अस्पताल लगिएको र अन्य दुई जनाको मृत्यु भएको जनाएको छ ।

स्थानीय अधिकारीले प्रकोपको बारेमा जानकारी दिँदै उद्धार अभियानमा अहिलेसम्म एक हजार ५५४ जना उद्धारकर्तालाई प्रभावित क्षेत्रमा पठाइएको र उद्धार कार्य जारी राखेको जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.