पिल्लर भाँचिएको दुई वर्ष भइसक्दा समेत मर्मत भएन सेतीनदीको पुल

कास्की- पिल्लर भाँचिएको दुई वर्ष पुगिसक्दा समेत मर्मत नभएपछि पर्यटकीय नगरी पोखराको मर्दीदोभानस्थित सेती नदीमाथिको पुलबाट दैनिक आवतजावतमा समस्या भएको छ ।

सो पुलबाट जोखिम मोलेरै कतिपय मानिसहरु आवतजावत गर्न बाध्य छन् भने मोटरसाइकलका लागि अस्थायी पुलको साहारा लिनु परेको छ । जुन सुरक्षाका हिसावले अत्यन्तै जोखिमपूर्ण छ । पुलबाट ठूला तथा मझौला सवारी संचालन गर्न सक्ने कुनै सम्भावना नै छैन ।

बाढीका कारण २०७९ को असार ४ गते भाँचिएको उक्त पुलको पूर्वी पिल्लर मर्मतका लागि हालसम्म कुनै पनि निकायले चासो देखाएका छैनन् ।

त्यसकारण स्थानीयहरुलाई पोखराको मुख्य बजारक्षेत्र लगायत त्यस क्षेत्रमा पर्ने हेमजा, पुरुन्चौर, चुरुङगा, सार्दीखोला, लाहाचोक, घाचोक लगायतका स्थानमा आवतजावतमा समस्या भइरहेको छ ।

पुल संरक्षण गर्नुको साटो बरु उल्टै पुल नजिकैका क्षेत्रमा सेती नदी उत्खनन्‌को कार्य भइरहेको छ । कुल ६० मिटर लम्बाईको उक्त पुलको पूर्वी पिल्लर भाचिँदा पोखराको मुख्य खानेपानी योजना व्यवस्थापनमा समेत असर परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.