हलेसीमा निर्मित डेढ करोड रुपैयाँ लगानीको हवन कुण्ड सञ्चालनमा

खोटाङ- त्रीधार्मिकस्थल हलेसीमा घ्यू, चरु आदि अग्निमा आहुति दिनका लागि निर्माण गरिएको हवन कुण्ड सञ्चालनमा ल्याइएको छ । कोशी प्रदेश सरकारले उपलब्ध गराएको एक करोड ४४ लाख ८४ हजार रुपैंयाँ लगानीमा निर्माण गरिएको दुईवटा हवन कुण्ड सोमबारबाट सञ्चालनमा ल्याइएको हो ।

२०८१ वैशाख–४ गते सम्झौता गरेर निर्माण शुरु गरिएको हवन कुण्ड गत असार–१६ गतेसम्ममा सम्पन्न गर्नेगरी बासु कन्स्ट्रक्सन एण्ड सप्लायर्स सोलुखुम्बुले ठेक्का लिएको थियो ।

हिन्दु, बौद्ध र किराँत कर्मावलम्बीको सङ्गमस्थल हलेसीमा हवन कुण्ड निर्माण गरेर सञ्चालनमा आएका हो । हनकुण्ड सञ्चालनमा ल्यईएपछि पूजाआजा गर्ने भक्तजनलाई सहज भएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राईले बताउनुभयो ।

हवनकुण्ड हलेसी गुफाको प्रमुख प्रवेशद्वारको बाँयापट्टी निर्माण गरिएको छ । गत असार–२० गते नै निर्माण सम्पन्न भएको थियो । हवन कुण्ड वैशाख–२२ गते निवर्तमान मुख्यमन्त्री कार्की आफैले शिलान्यास गर्नुभएको थियो ।

धार्मिकरुपले मात्र नभइ प्राकृतिक रुपले समेत विश्वप्रसिद्ध हलेसीको चौतर्फी विकासका लागि गुरुयोजना निर्माणको काम भइरहेको छ । विशाल चट्टान खोपिएर बनेको प्राकृतिक गुफा रहेको हलेसीको चौतर्फी विकासमा सङ्घ, प्रदेश र स्थानीय तहका सरकारसँगै मन्दिर व्यवस्थापन समिति समेत लागि परेको छ ।

यसैबीच, विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला लागिरहेको छ । सोमबारको तेस्रो हप्ता पनि उत्तिकै मात्रामा गेरु वस्त्रधारी दर्शनार्थी तथा भक्तजनको घुइँचो लागेको छ ।

मनोकांक्षा पूरा हुने जनविश्वासका साथ हलेसीमा साउनको प्रत्येक सोमबार विभिन्न नदीबाट ल्याइएका जल चढाएर पूजाअर्चना गर्ने प्रचलन रहिआएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.