बंगलादेशमा हसिनाको वहिर्गमन लगत्तै पूर्व प्रधानमन्त्री बेगम रिहा

काठमाडौं- बंगलादेशमा विगत दुई महिनादेखि जारी नागरिक आन्दोलनबाट सत्ताच्युत भएकी प्रधानमन्त्री शेख हसिना देशबाट बाहिरिन बाध्य भएकी छन् । विगत १५ वर्षदेखि लगातार सत्तामा रहेकी हसिनाको राजनीतिक विराम लागेको छ ।

प्रधानमन्त्री पदबाट राजिनामा दिंदै हसिना हेलिकप्टरमार्फत् भागेर भारत पुगेकी हुन् । भारतबाट बेलायत जाने सक्ने बताइएको छ । कोटा प्रणाली विरुद्ध शुरु भएको आन्दोलनले अन्ततः सत्ता परिवर्तन गर्न सफल भएको छ ।

आइतबार भएको आन्दोलनका क्रममा एकै दिनमा ९० जनाको मृत्यु भएको थियो । स्थिति नियन्त्रणमा लिन अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको थियो । तर हजारौंको संख्यामा सडकमा उत्रिएका बंगलादेशीले कर्फ्युको अवज्ञा गर्दै प्रधानमन्त्रीको दरवारमै प्रवेश गरेपछि हसिना देश छोडेर भाग्न बाध्य भएकी हुन् ।

भीडले हसिनाको निवासमा तोडफोड र लुटपाट समेत गरेको छ । हसिनाको वहिर्गमन लगत्तै सेना प्रमुखले देशवासीका नाममा संवोधन गर्दै सरकारको नेतृत्व गर्ने जनाएको छ । बंगलादेशी राष्ट्रपतिले आन्दोलनमा गिरफ्तार भएका विद्यार्थीको रिहाईको आदेश दिनुभएको छ ।

यसैगरी हिरासतमा रहनु भएकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जियालाई पनि रिहा गर्न आदेश दिनुभएको छ । राष्ट्रपति मोहम्मद साहवुद्दिनले हसिना सरकारले लगाएको कर्फ्यु आदेश हटाइएको घोषणा गर्नुभयो । साथै अन्तरिम सरकार गठन हुने र नयाँ निर्वाचनको आव्हान गर्ने बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.