लेदोसहितको पहिरोले पाल्पा-बुटवल सडक खण्ड अवरुद्ध

पाल्पा- अविरल वर्षाका कारण पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्ड अवरुद्घ भएको छ । मंगलबार बिहान तिनाउ- ५ कालिमाटीमा सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि सवारी आवागमन बन्द भएको हो ।

वर्षाका कारण पहिरो झर्ने क्रम जारी छ । माथिल्लो भागबाट झरेको लेदोले कार र जिप पनि हिलोमा फसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

पहिरो पन्छाएर सवारी संचालनका लागि सडक डिभिजन कार्यालयको मेसिन र ट्राफिक प्रहरी उक्त स्थानमा खटेका छन् । पानी नरोकिएको अवस्थामा पुन लेदो झर्ने हुदा जोखिम भने कायमै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.