अवरुद्ध सडक सञ्चालनमा

भक्तपुर – पहिरोले अवरुद्ध भएको भक्तपुर नगरकोट सडक सञ्चालनमा आएको छ । लगातारको बर्षापछि पहिरोले अवरुद्ध भएको सडक स्थानीय, प्रहरी र चाँगुनारायण नगरपालिकाकाको सक्रियतामा पहिरो पन्छाएर सञ्चालनमा आएको हो ।

दिउसो पौने तीन बजेदेखि चाँगुनारायण नगरपालिका–६ मुहान पोखरी नजिक पहिरोले सडक अवरुद्ध भएको थियो । सडक अजरूद्ध हुँदा भक्तपुरबाट नगरकोट जाने र नगरकोटबाट भक्तपुर आउने दर्जनौ सवारी साधन अलपत्र परेका थिए ।

सडक खुलाउन दुईवटा डोजर प्रयोग गरिएको र बेलुका ७ बजेबाट सडक संचालनमा आएको नगर प्रमुख खत्रीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.