मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गर्ने

काठमाडौं- नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकार हुने राष्ट्रपतिको कार्यालयले घोषणा गरेको छ ।

राष्ट्रपति मोहम्मद शाहबुद्दीन,सैन्य नेताहरू र आन्दोलित विद्यार्थी समूहका प्रमुखहरू बीचको बैठकले यो निर्णय गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

विद्यार्थी नेतृत्वको आन्दोलन व्यापक अशान्तिमा परिणत भएपछि प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिएको एक दिनपछि यो निर्णय गरिएको हो ।

विद्यार्थी नेताहरूले सैन्य नेतृत्वको सरकारलाई स्वीकार गर्न नसक्ने स्पष्ट पारेका थिए र अन्तरिम सरकारको नेतृत्व गर्न युनुसलाई आग्रह गरेका थिए ।

यो भूमिका निर्वाह गर्न राजी भएका युनुसले यति धेरै त्याग गर्ने विद्यार्थीहरूले यो कठिन घडीमा पाइला चाल्न अनुरोध गरिरहेका बेला आफुले इन्कार गर्न नसक्ने बताएका थिए ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै संकटबाट पार पाउनको लागि तत्काल अन्तरिम सरकारको गठन आवश्यक रहेको बताएको छ ।

बंगलादेशमा सोमबार भएको हिंसात्मक झडपमा सय भन्दा बढी व्यक्तिको मृत्यु भएको छ, जसलाई प्रदर्शन सुरु भएदेखिकै सबैभन्दा घातक दिनको रुपमा लिईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.