आफ्नै घरबाट हराएको बालकको शव खोलामा भेटियो

कावासोती- पूर्वी नवलपरासीको कावासोती नगरपालिका ४ हसौराबाट बेपत्ता भएका दुई वर्षे बालकको शव खोला किनारमा भेटिएको छ ।

स्थानीय रामजी ढुङ्गानाको छोरा ३० महिने सुवास ढुङ्गाना मङ्गलवार बिहान आफ्नै घर आँगनमा साइकलमा खेलिरहेको अवस्थामा हराएका थिए ।

बेपत्ता भएका बालकलाई घर छेउमा रहेको खेतमा पानी लगाउने पक्की सिँचाइ कुलोले बगाएको अनुमानसहित खोजा गर्दा आज कावासोती नगरपालिका-४ तिलाहास्थित हसौरा खोला किनारमा शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार हसौरा सिँचाइ कुलोले बगाएको बालकलाई घर देखि दुई कि.मि.को दुरीमा रहेको खोलाको किनारमा शव भेटेपछि स्थानीले प्रहरीलाई खबर गरेका थिए ।

घटनाका बारेमा थप अनुसन्धान कार्य भई रहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.