टीआरसी प्रतिवेदन आज प्रधानमन्त्री सहितका शीर्ष नेताहरुलाई बुझाइने

काठमाडौं –  संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)मा सहमति जुटाउन गठित कार्यदलले सहमति जुटाएर तयार पारेको प्रतिवेदन आज प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुलाई बुझाउने भएको छ ।

कार्यदल सदस्यहरूले सहमतिको लिखित प्रतिवेदन एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बुझाउने तय भएको हो ।

कार्यदलले बिहान ११ बजे तीनै दलका शीर्ष नेताहरुलाई संयुक्त रुपमा प्रतिवदेन बुझाउने छ । शीर्ष नेताले प्रतिवेदन अध्ययन गरेर आवश्यक सुझाव दिएपछि समितिमार्फत् अघि बढाएर जारी संसद् अधिवेशनबाटै विधेयक पारित गर्ने तयारी छ ।

विधेयकमा सहमति जुटाउन एमालेबाट महेश बर्तौला, कांग्रेसबाट गृहमन्त्री समेत रहेका नेता रमेश लेखक र माओवादी केन्द्रका नेता जनार्दन शर्मा रहेको कार्यदल गठन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.