हेलिकप्टर दुर्घटनाका मृतकहरुको शब पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा

काठमाडौँ- नुवाकोटको सूर्यचौर गाउँपालिका-७ मा  एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा मृत्यु हुने पाँच जनाको परिचय खुलेको छ ।

हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनेमा चार पुरुष र एक महिला छन् । जसमा नेपाली नागरिक क्याप्टेन अरुण मल्ल, अन्य चार चिनिया नागरिक रहेका छन् । चिनिया नागरिकमा नागरिक ताङ जुताओ, उ यियाओ (महिला), लि जिइ र झी जेमिङ रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

मृतहरूको शव सङ्कलन गरी पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौँ ल्याउने तयारी गरिएको पनि नागरिक उड्डयन प्राधिकरणले उल्लेख गरेको छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.