३३ नेपाली विद्यार्थिलाई युरोपको छात्रवृत्ति
काठमाडौं । युरोपियन युनियनलले शैक्षिक वर्ष २०२४र२५ का लागि ३३ नेपाली विद्यार्थीहरुलाई पुर्ण छात्रबृत्ति प्रदान गरेको छ । १४ जना महिला सहित ३३ जनालाई दुईबर्षे इरासमस र स्नातकोत्तर कार्यक्रमका लागि पुर्ण छात्रबृत्ति प्रदान गरेको छ ।
यो पछिल्लो घोषणासहित स्नात्तकोत्तरको लागि दिईने छात्रबृत्तिबाट लाभान्वित हुने विद्यार्थीहरुको संख्या ५०० नाघेको छ । यसका साथै अन्य ३०० विद्यार्थी र कर्मचारीहरु इरासमस कार्यक्रमकै इन्टरनेशनल क्रेडिट मोविलिटीबाट लाभान्वित हुनुभएको छ ।
विश्वव्यापी रुपमा, इरासमस मुन्डस ज्वाइन्ट मास्टर्स डिग्री छात्रबृत्ति यो बर्ष १३७ वटा देशका २६०३ विद्यार्थीहरुलाई प्रदान गरिएको छ । मास्टर्स डिग्रीहरु अर्थात स्नातकोत्तर डिग्री केही युरोपियन विश्वविद्यालयहरुले संयुक्तरुपमा प्रवाह गर्ने अध्ययन कार्यक्रम हुन् ।
यसले विद्यार्थीहरुलाई ख्यातीप्राप्त डिग्री हासिल गर्ने चाहना पुरा गर्ने क्रममा केही युरोपियन देशहरुमा बस्ने र सिक्ने मौका प्रदान गर्दछ । यस अतिरिक्त, छात्रबृत्ति प्राप्त गर्ने विद्यार्थीहरुको सम्पुर्ण शुल्क, यातायात खर्च तिरिएको हुन्छ र मासिक भत्ता समेत उपलब्ध हुन्छ ।
२०२४ इरासमस मुन्डस ज्वाइन्ट मास्टर्स कार्यक्रमको २० औं बार्षिकोत्सव समेत हो ।
युरोपेली संघको नेपाल कार्लयका प्रेस तथा सूचना अधिकृत अम्बर मैनालीद्वारा जारी विज्ञप्तीमा युरोपियन युनियनले प्रदान गर्ने छात्रबृत्तिहरुले शैक्षिक अवसरहरु र अन्तराष्ट्रिय साझेदारी सृजना गर्ने युरोपियन युनियनको जारी प्रतिवद्धताको उदाहरण प्रस्तुत गर्ने उल्लेख छ ।।
प्रतिक्रिया राख्नुहोस्