पहिरोको जोखिममा निलकण्ठ नगरपालिकाको माथिल्लो बजार क्षेत्र

धादिङ – जिल्ला सदुरमुकाम स्थित निलकण्ठ नगरपालिकाको वडा नम्वर –३ को माथिल्लो बजार क्षेत्रका दर्जानौ घर पहिरोको जोखिममा परेको छ ।

कमेरो माटोका कारण वगी रहने समस्याले गर्दा घरहरु चकिर्ने  र विस्तारै भत्कीदै गएको स्थानीयको गुनासो छ ।

वर्षा सुरुभए संगै  धेरै घरहरुमा क्षती पुगेको स्थानीयको भनाई छ ।

माथिल्लो बजार क्षेत्रको विषेस गरी थोपल खोला पट्टीको भागमा पहिरो जान थालेको छ जसका कारण बजार क्षेत्रका दर्जानौ घर पहिरोको जोखिममा परेका छन्।

तल्लो केही भाग खोलाले कटान गरेको र विचमा सडक खनेकोले पनि पहिरो गएको अनुमान स्थानीयको छ । भुकम्प पछी यो समस्या बढदै गएको स्थानियको भनाई छ।

भुकम्प पछी माथिल्लो बजारको सडकको आधा भन्दा धेरै भाग पहिरो गए पछी दर्जना भन्दा धेरै घर पहिरोको जोखीममा परेकोमा अहिले सोको क्षेत्रफल समेत बड्दै जाँदा माथिल्लो बजार क्षेत्रको पनि थावेपाल खोलातर्फको धेरै घरहरु बग्ने अवस्था आएको हो ।

सडक विभागले पटक पटक भत्कीयको सडक मर्मत गरे पनि गुणस्तरी काम नभएका कारण भत्कीयको सडकको क्षेत्रफल समेत बडेको हो ।

सडक बोड नेपाललको एक करोड १२ लाखको लागतमा पहिरो गएको स्थान सहित ओरपरका जमीन नबग्ने गरी प्रकृतीक सतहलाई ब्यवस्थापन गरी निर्माणको काम सडक विभागले गरिरहेको छ ।

सो स्थानमा अव पानी नपस्ने गरी बलियो नाला सहित सडक कालो पत्रे गरिने सडक विभागले जनाएको  छ ।

पानी पस्न बन्द भएको खण्डमा  पहिरो रोक्ने सकिने भनाई सडक विभागको प्राविधिकहरुको छ । सो स्थानमा पहिरो गएको नौ वर्ष पछी स्थाइ रुपमा पहिरो रोकथाम सहीत सडक निर्माण कार्य सुरु गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.