काँग्रेस केन्द्रीय समिति बैठक : नेताहरुले धारणा राख्ने क्रम जारी

काठमाडौं नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक  दोस्रो दिनको बैठक जारी रहेको छ ।

दोस्रो दिनको बैठकमा बैठकमा प्रस्तुत एजेण्डा माथि नेताहरुले धारणा राखि रहनु भएको छ ।

सरकारमा गएपछि पहिलो पटक बसेको केन्द्रीय समिति बैठकमा महासमिति बैठकबाट पारित प्रस्ताबका राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, पार्टीको  १०० दिने सांगठनिक अभियान) अनुशासनको कारवाहीका लागि भएका सिफारिस, पार्टीका विभिन्न तहमा रिक्त स्थानका पदपुर्ति समसामयिक राजनीति र अन्य विविध विषय गरी ११ वटा एजेण्डा छलफलका लागि तोकीएको पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।

हिजोको बैठकमा केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखकले राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति कार्यसमितिलाई जानकारी गराउनु भएको थियो । त्यसैगरी केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले बंगलादेश, बेलायत, इजरायल, लेवनानमा पछिल्लो समय विकसित घटनाक्रमका साथै त्यहाँ रहेका नेपालीहरूसँग नियमित सम्पर्कमा रहिरहेको जानकारी गराउनु भएको थियो ।

नेता विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह के.सी., डा. मिनेन्द्र रिजाल, आनन्दप्रसाद ढुंगाना, शंकर भण्डारी, कल्याणकुमार गुरुङ, देवेन्द्रराज कण्डेल, गोविन्दबहादुर शाह  र सीतादेवी देवकोटाले हिजोको बैठकमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.