अन्तराष्ट्रिय आदिवासी जनजाति दिवसः पूर्वी नवलपरासीमा आज सार्वजनिक बिदा

पूर्वी नवलपरासी- पूर्वी नवलपरासी जिल्लाका सबै स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । ३०औं अन्तराष्ट्रिय आदिवासी जनजाति दिवसको अवसरमा सबै स्थानीय पालिकाहरुले सार्वजनिक बिदा दिएका हुन् ।

कावासोती, मध्यविन्दु, देवचुली र गैडाकोट नगरपालिका तथा हुप्सेकोट, बौदिकाली, बुलिङ्गटार, विनयी त्रिवेणी गाउँपालिकाले सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् ।

गैडाकोट नगरपालिकाले राजपत्रमै सार्वजनिक विदा दिएको छ भने अन्य पालिकाहरुले कार्यपालिकाको निर्णय अनुसार आज विश्व आदिवासी दिवसको अवसर पारेर सार्वजनिक विदा दिएको सूचनामा जनाएको छ ।

आदिवासी जनजाति दिवसको दिन आज पालिका अन्तर्गतका सबै सरकारी, शैक्षिक संस्था तथा सार्वजनिक संस्थाहरुलाई बिदा दिईएको सूचनामा जनाईएको छ । आदिवासी जनजाति महासङ्घ नवलपुर शाखाले ३० औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस ३ दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने जनाएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ नवलपुरले आज आदिवासी जनजातिका अधिकारका सवालमा नवलपुरका राजनीतिक दलका प्रतिनिधि र नवलपुरका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया तथा शुभकामना आदानप्रदान गरी दिवस मनाउने भएको नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठले बताउनुभयो ।

त्यसैगरी साउन २६ गते नेपाल आदिवासी जनजाति पत्रकार महासंघको २५ औं स्थापना दिवस आदिवासी जनजातिका अधिकारका सवालमा पत्रकार र जनप्रतिनिधिहरुसँग अन्तरक्रिया र शुभकामना आदानप्रदान गरी मनाउने भएको छ भने साउन २७ गते अहिंसा बौद्ध पार्क कावासोतीमा वृक्षारोपण गरी मनाउने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.