सिन्धुलीमा ४२ लाख मूल्य बराबरको अवैध सामान नियन्त्रणमा

सिन्धुली- सिन्धुली प्रहरीले ४२ लाख रुपैयाँ मूल्य बराबरको अबैध सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ । सर्लाहीबाट बिपी राजमार्ग हुँदै काठमाडौँ लैजाँदै गरेको अवैध सामान सिन्धुली प्रहरी चेकजाचका क्रममा नियन्त्रणमा लिएर राजश्व कार्यालय, पथलैयालाई बुझाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान चेकपोष्टबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा म.प्र.०३–००३ ज ०३०६ नम्बरको ट्रकसहित ४२ लाख बराबरको विभिन्न अबैध सामानहरु नियन्त्रणमा लिई राजश्व कार्यालय, पथलैया, बारालाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार चिनि १५० बोरा (प्रतिबोरा ३० के.जी.), काजु २० बोरा (प्रतिबोरा ३० के.जी)., छोकडा ११ बोरा (प्रति बोरा. ५० के.जी), सुपारी ६ बोरा (प्रतिबोरा ८० के.जी.), कालो मरिच २ बोरा (प्रतिबोरा ३० के.जी.), सेतो मरिच १६ बोरा (प्रतिबोरा २५ के.जी.) र म.प्र.०३–००३ ज ०३०६ नम्बरको एक थान ट्रक नियन्त्रणमा लिई राजश्व कार्यालयमा बुझाइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.