जुम्लाको तिला गाउँपालिकामा नपाकेकाे स्याउ संकलन गर्ने व्यापारीका गाेदाम सिल

जुम्ला –  जिल्लाकाे तिला गाउँपालिकामा नपाकेकाे स्याउ संकलन गर्ने व्यापारीका गाेदाम सिल गरेकाे छ । गाउँपालिकाकाे निर्णय र निर्देशन विपरीत लुकिछिपी स्याउ संकलन गरेका व्यापारीका गाेदाम सिल गरिएकाे  हो
यसअघि गाउँपालिकाले गाउँपालिकाभरीका वडामा काँचो स्याउ नटिप्न निर्देशन जारी गरिएकाे थियाे । तिलाले भदाै ५ गतेसम्म स्याउ बाहिरी जिल्लामा निर्यात नगर्न र निर्यातकाे लागि अनिवार्य सिफारिस लिनुपर्ने जनाएकाे छ ।
गाउँपालिकाकी उपाध्यक्ष गाेरीकला बुढाले लुकिछिपी स्याउ निर्यात भइरहेकाे पाइएपपछि ६ वटा स्याउ भण्डार गरिएका गाेदाम सिल गरिएकाे बताउनु भयो । उहाँका अनुसार अनुगमनकाे क्रममा काँचाे स्याउ टिपेकाे पाइएपछि गाेदाम सिल गरिएकाे हाे ।
पालिकाकाे अगुवाइमा रारालिही र कटिनामा अनुगमन गरिएकाे थियाे । मनाेमानी रूपमा स्याउ संकलन गरेकाे पाइएपछि शिल गरेका छाै,´ उहाँले भन्नुभयो ।
पालिकाद्वारा पार्वती बुढाकाे ४२ कार्टुन,तिला-९ का कमल बुढाकाे ३९ कार्टुन गाेदाम सिल गरिएकाे छ ।
तिला-१ का गाेरख बहादुर बस्नेत, तिला-२ का जग बहादुर रावत र तिला-१ का  दिल बहादुर रावत र नरविर बुढाका समान ४०/४० कार्टुनसहित ६ वटा स्याउका गाेदाम सिल गरिएकाे  हाे ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालचन्द्र बुढाले तिलाका विभिन्न वडा तथा बस्तीहरूमा पालिकाकाे निर्णय विपरीत स्याउ संकलन भइरहेकाे पाइएपछि गाेदाम सिल गरिएकाे जानकारी दिनुभयो ।
उहाँका अनुसार अब सबै वडामा कडाइ गरिनेछ । तिलामा भदाै ५ गतेसम्म सिफारिस विना कसैले पनि स्याउ निर्यात गर्न नपाउने उहाँकाे भनाइ छ ।
प्रहरी चाैकी रारालिहीका प्रमुख टि. वी. घर्ती मगरले पनि लुकिछिपी स्याउ निर्यात भइरहेकाे गुनासाे आइरहेकाे बताउनुभयो । अहिले चाैकीलाई छलेर स्याउ नलिएकाे उहाँले जानकारी दिनुभयो ।
पालिका, कृषि विकास कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट कुनैपनि हालतमा स्याउ निर्यात नगर्न निर्देशन भएकाे र साेही अनुसार काम ‍भइरहेकाे  उहाँले बताउनुभयो । अनुगमनकाे क्रममा कृषकका स्याउ व्यापारीले किनिसकेकाे पाइएकाे थियाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.