मुनाल स्याटेलाइट प्रक्षेपणमा भारतले सहयोग गर्ने, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं –  नेपालको मुनाल स्याटेलाइट प्रक्षेपणमा भारतले सहयोग गर्ने भएको छ । स्वदेशी उपग्रह नेपाली अन्तरिक्ष स्टार्टअपद्वारा विकास गरिएको हो ।

मुनाल स्याटेलाइट प्रक्षेपण गर्न अनुदान सहयोगका निम्ति भारतीय विदेश मन्त्रालय र न्युस्पेस इन्डिया लिमिटेडका अधिकारीबीच शनिबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा भारत सरकारको तर्फबाट अनुराग श्रीवास्तव र एनएसआईएलका निर्देशक अरुणाचलम एले हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का सचिव डा रवीन्द्रप्रसाद ढकाल, नेपाली दूतावासका कार्यवाहक डा सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपाल (एपीएन)का संस्थापक डा आभास मास्केको समेत उपस्थिति रहेको थियो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धीर जैसवालले सम्झौताबारे जानकारी दिँदै दुई देशबिचको अन्तरिक्ष सहयोगमा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा भएको बताउनु भएको छ।

सम्झौता अनुसार नास्टको आयोजनामा ​​नेपालमा विकसित गरिएको भूउपग्रहलाई एनएसआईएलको पोलार स्याटेलाइट लन्च भेहिकलमा नि:शुल्क रूपमा प्रक्षेपण गरिने भएको छ ।

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.