उच्च स्तरीय भेटवार्ता गर्दै भारतीय विदेश सचिव मिस्री

काठमाडौँ- नेपालको दुईदिने औपचारिक भ्रमणमा नेपाल आइपुग्नु भएका भारतका विदेशसचिव विक्रम मिस्री आज उच्च स्तरीय भेटवार्तामा व्यस्त रहनुहुने छ ।

परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा आजै काठमाण्डौ आइपुग्नुभएका विदेशसचिव मिस्रीले आपरान्ह राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसंग शिष्टाचार भेट गर्नुहुने छ ।

उहाँले आजै उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र अर्का उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल तथा गृहमन्त्री रमेश लेखकसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

आइतबार बेलुकी परराष्ट्र सचिव लम्सालले समकक्षी मिस्रीलाई रात्रीभोज दिने कार्यक्रम रहेको छ । भारतीय विदेश सचिव मिस्री  परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरि भोलि नयाँ दिल्ली फर्कने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल परारष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.