महिला हत्याका अभियुक्त पक्राउ 

रुकुम पश्चिम – रुकुम पश्चिममा महिला हत्याका एकजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सानीभेरी गाउँपालिका -४, लामचौरकी ४९ वर्षीया सुशिला मल्ललाई हत्या गरेको आरोपमा एक जना अभियुक्तलाई पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार महिला हत्याका अभियुक्त चौरजहारी नगरपालिका -११, का २३ वर्षीय प्रेम मल्ललाई पक्राउ गरिएको छ । निज अभियुक्तले साउन २३ गते बिहान मृतक सुशीलालाई उनकै घरमा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले महिला हत्याको जानकारी पाउनासाथ तालिम प्राप्त कुकुर सहितको अनुन्धान टोली खटाएर निज अभियुक्तलाई आफ्नै घर चौरजहारीको सर्केनाबाट पक्राउ गरिएको बताएको छ ।
पक्राउ परेका मल्ललाई कर्तव्य ज्यान मुद्दामा  जिल्ला अदालत रुकुम पश्चिमबाट पहिलो पटक पाँच दिनको म्याद थप गरि अनुसन्धान थालिएको छ ।
मृतक सुशिला र अभियुक्त प्रेमको डेढ बर्ष अघि जाजरकोटको रिम्ना मेलाबाट चिनजान भई फोन नम्बर साटासाट गरि बेला बेलामा भेटघाट हुने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.