सिद्धबाबा मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै- फोटो फिचर

         पाल्पा –  श्रावण महिनामा शिव मन्दिर र भगवान शिवजीको दर्शन गरि बर मागे मनोकामना पुरा हुने  जनविश्वास हिन्दु नेपालीमा सधियौं  अघि देखि चल्दै आएको छ ।

आज श्रावण महिनाको अन्तिम सोमबार समेत परेकोले पाल्पाको ऐतिहासिक सिद्धबाबा मन्दिरमा भक्तजनको निकै ठुलो घुइचो समेत लागेको थियो ।

पछिल्लो समय यस मन्दिरप्रति श्रदालु भक्तजनको जनआस्था बढेसँगै सिद्धबाबा धार्मिक पर्यटनको केन्द्रको रुपमा विकसित भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका ३ पाल्पा बुटवल खण्डको छेवमै अवस्थित सिद्धबाबा मन्दिर पश्चिम नेपालकै प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा ख्याती कमाउदै जान थालेको छ ।

 धार्मिक एवं पर्यटकीयस्थल सिद्धबाबा मन्दिरमा पाल्पा, रुपन्देही, नवलपरासी, कपिलवस्तु अर्घाखाँचि, गुल्मी र स्याङ्गजा जिल्लाका दर्शनार्थीहरूको बढी भीड लाग्ने गर्छ ।

 पाल्पा र रुपन्देही जिल्लाको सीमाक्षेत्रमा पर्ने सिद्धबाबा मन्दिर माथिल्लो र तल्लो सिद्धबाबा मन्दिरका नामबाट यसक्षेत्रमा प्रख्यात छ । भौगौलिक रूपले अत्यन्त अप्ठ्यारो र भिरमा रहेकोले पनि यो सिद्धबाबा मन्दिरलाई हिन्दु धर्मावलम्बीहरूले धार्मिक आस्था र महत्वका साथ लिने गर्दछन ।

 यस मन्दिरमा विभिन्न समयमा गरिएका भाकल पूरा भएको भन्दै दर्शनार्थीहरूले परेवा उडाउने, घण्ट, त्रिशूल तथा विभिन्न मूर्ति स्थापना गरिदिने तथा मन्दिर व्यवस्थापन समितिलाई नगद दान समेत गर्दै आएका छन ।

वर्षको हरेक दिन पूजाआजा हुने यस मन्दिरमा श्रावण महिना र महाशिवरात्रिमा विशेष पूजा हुने गर्दछ ।

 आज श्रावण महिनाको अन्तिम सोमबार परेकोले पनि मन्दिरमा दर्शन गर्न र पूजा गर्नका लागि बिहानै देखि दर्शनार्थीहरू लाइन लागेका थिए ।

 सातौं शताब्दीमा राजकाजबाट बैराग्य जागेपछि उज्जैनका सम्राट भर्तृहरि गोरखपुरबाट आएको र गुरु गोरखनाथसँग दीक्षित भई तिनाउ नदीको माथि कुइरेभिरमा कठोर तपस्या गरी सिद्ध भएकाले यो क्षेत्रलाई सिद्धबाबा भनिएको सिद्धबाबा मन्दिरका मुल पुजारी दिलराज पाण्डे भनाई छ ।

बुटवल तथा सिद्धार्थ राजमार्ग भएर देशका विभिन्न स्थानमा जाने यात्रु तथा सवारी चालकहरूको समेत आस्थाको रूपमा रहेको छ । तर यही सिद्धबाबा मन्दिर नजिकै सिद्धबाबा सुरुङ्ग मार्ग समेत निर्माणाधीन अवस्थामा रहेकोले कतै मन्दिर जोखिममा त पर्ने होइन भन्ने आवाजहरु भने उठ्न थालेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.