भदौ ७ गतेसम्मका लागि स्थगित भयो काँग्रेस बैठक

काठमाडौँ- नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक भदौ ७ गते शुक्रबारसम्मका लागि स्थगित भएको छ।

पार्टीको जारी बैठकमा केन्द्रीय समितिका सदस्यहरुले बोल्ने क्रम नसकिएकाले बैठक स्थगित गरिएको हो ।

भोलि प्रतिनिधि सभाको बैठकमा टिआरसी सम्बन्धि विधेयक पेश हुने र त्यसमा छलफल हुने भएकोले काँग्रेसले जारी केन्द्रीय समितिको बैठकलाई स्थगित गरेको पार्टीका कार्यालय सचिव प्रेम केसीले जानकारी दिनुभयो ।

काँग्रेसको पूर्व निर्धारित कार्यक्रम अनुसार आज साउन २८ गते केन्द्रीय समितिको बैठक सक्ने कार्यतालिका थियो ।

काँग्रेसले बैठकमा पार्टीको महासमितिको बैठकले पारित गरेका प्रस्तावहरु अनुमोदन गर्ने मुल एजेण्डा थियो। तर बैठकमा नेताहरुले पार्टीको भावी कार्यादेश र सरकार संचालन सम्बन्धि विभिन्न विषयमा चासो राखेका थिए ।

यसैगरी नेपाली काँग्रेसका पूर्व पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाको ८५ औँ जन्मजयन्तीको अवसरमा पार्टीको बैठकले हार्दिक श्रद्धासुमनसहित कोइरालाको स्मरण गरेको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.