बङ्गलादेशले ‘विद्यार्थीको नेतृत्वमा क्रान्ति’ अनुभव गरिरहेको छ– युनुस

ढाका – बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि मुलुकले ‘विद्यार्थीको नेतृत्वमा क्रान्ति’ अनुभव गरेको बताउनुभएको छ ।

“यो क्रान्ति हो, विद्यार्थीको नेतृत्वको क्रान्ति”, नोबेल पुरस्कार विजेता युनुसले समाचार ब्रिफिङमा भन्नुभयो, “यसमा कुनै सन्देह छैन किनकी सम्पूर्ण सरकारको कामकाज ध्वस्त भएको छ ।”

हसिनालाई सत्ताबाट हटाउने आन्दोलनका विद्यार्थी नेताहरूले लोकतान्त्रिक सुधारहरूलाई अगाडि बढाउन बोलाएपछि युनुस बिहीबार युरोपबाट बङ्गलादेश फर्कनुभएको हो ।

“मैले भनेँ ‘म तपाईंलाई सम्मान गर्दछ, तपाईंको प्रशंसा गर्दछु, तपाईंहरूले जे गर्नुभयो त्यो अद्वितीय छ’”, उहाँले भन्नुभयो, “किनकि तपाईंहरूले मलाई यस्तो गर्न आदेश दिनुभएको छ, म तपाईंहरूको आदेश ग्रहण गर्दछु ।”

एक साताअघि अप्रत्याशित राजीनामा र भारत पलायनका साथ समाप्त भएको हसिनाको कठोर कार्यकालका धेरै शीर्ष सहयोगीहरूले पछि पद त्याग गरेका थिए ।

यसमा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश र केन्द्रीय बैंकका गभर्नर पनि समावेश छन् । विद्यार्थीहरूले उनीहरूलाई पद छाड्न अल्टिमेटम दिएका थिए ।

युनुसले उनीहरूको राजीनामा कानूनी रूपमा गरिएको बताउनुभयो । “उनीहरूले यी सबैलाई सही जायज ठहराउने कानूनी बाटो खोज्नेछन् भन्ने मलाई विश्वास छ, किनकि कानूनी रूपमा सबै चरण पालना गरिएको थियो ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.