संसदीय विशेष समितिद्वारा कैदीबन्दीसँग सोधपुछ

काठमाडौँ- सहकारी बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिले रकम अपचलनका विषयमा कैदीबन्दीसँग सोधपुछ गरेको छ ।

सहकारीको रकम अपचलनको आरोपमा कैदमा रहेकाहरूलाई सिंहदरबारमा बोलाएर आवश्यक सोधपुछ गरेको संसद् सचिवालयका उपसचिव नुमराज खनालले जानकारी दिनुभयो ।

सिभिल सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ ठगीका अभियुक्त इच्छाराज तामाङ, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष कृष्णबहादुर उप्रेती, कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका सञ्चालक हिमालय विक्रम मल्ल ठकुरीलाई डिल्लीबजार कारागारबाट झिकाएर सोधपुछ गरिएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी सुमेरु बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सदस्य राजबहादुर सिंहलाई पनि सोधपुछ गरिएको र आज पनि अन्य सहकारीका अभियुक्तलाई बोलाएर सहकारी रकम अपचलनका विषयमा छानबिन गरिने उपसचिव खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.